Aamsanchar

दिनभरी ब्रत बसेकी श्रीमतीलाई खुर्पाले हानी हत्या गर्ने श्रीमान पक्राउ

Author Image
मङ्गलवार, भदौ १७, २०७६

प्रतिकात्मक तस्वीर

रुकुम ः सुदुर पस्चिमको जिल्ला रुकुम्मा तीजको दिन एक व्यक्तिले खुर्पा प्रहार गरी ब्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति हत्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे पक्राउ गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।नविनलाई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । घटनास्थलको विस्तृत अनुसन्धान गर्नको लागि बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको छ ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर