Aamsanchar

नौ करोड ५९ लाख कम राजश्व सङ्कलन

Author Image
मङ्गलवार, भदौ १७, २०७६

विराटनगर,

मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४÷ ७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजश्व सङ्कलन गरेको थियो ।

गत आवमा घर जग्गा रजिष्ट्रेशन तथा रोक्का लगायतबाट रु ५१ करोड २० लाख नौ हजार ७५५, पूर्जा बिक्रीबाट रु चार लाख १५ हजार ५२५, बेरुजु दाखिलाबाट रु तीन लाख ६२ हजार २६०, पूँजीगत लाभकारबाट रु २० करोड ८८ लाख ८० हजार ४८२ र न्यायिक दस्तुरबाट रु १० लाख २४ हजार ६८६ सङ्कलन भएको कार्यालयका लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर