Aamsanchar

भान्जी अपहरणको धम्की दिएर २० लाख फिरौती मागेको आरोपमा कडेल पक्राउ

Author Image
बुधवार, भदौ १८, २०७६

काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए ।

यो समाचार नागरिक दैनिकमा छ ।

Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर