Aamsanchar

रुपन्देहीमा चक्रपथमा रेल चलाउने तयारी

Author Image
बुधवार, भदौ १८, २०७६


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सेवाको तयारी थालिएको छ । नगरपालिका र समुदायको लगानीमा ५० किलोमिटर चक्रपथमा रेल चलाउने काम अघि बढाइएको हो ।रेल सेवा सञ्चालन गर्न ‘तिलोत्तमा पब्लिक रेल लिमिटेड’ दर्ता गरिँदैछ । सस्तो भाडामा सार्वजनिक यातायातको सेवा दिन भदौभित्रै रेल कम्पनी दर्ता गरेर काम अघि बढाइने यसका परिकल्पनाकार बाबुराम अर्याल बताउँछन् । यसबाट पर्यटन र कृषि विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

नेपाल रेल्वे कम्पनी, जनकपुरमा महाप्रवन्धक रहिसकेका भोला शर्मा तिलोत्तमा पब्लिक रेल लिमिटेडको प्रवन्ध सञ्चालक बनेका छन् । कम्पनी दर्ताका लागि एक सय जना संस्थापक सेयर होल्डरबाट एक(एक लाख रुपैयाँ संकलन गरिँदैछ । प्रवन्ध सञ्चालक शर्मा भन्छन्, ‘आउँदो ९ असोजमा हुने तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकासँग रेल परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्छौं ।’

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर