Aamsanchar

´श्रीराम सिग्देल´ भन्छन् सैलुन बाट मासिक एक लाख कमाउछु

Author Image
बिहिवार, भदौ १९, २०७६


चितवन । हरेक बजार क्षेत्र र चोकमा सैलुन देखिन्छन् । तिनका अधिकांश सञ्चालक भारतीय र केही तराई मूलका नेपाली छन् । यो पेसामा पहाडी युवाहरुको खासै रुचि देखिँदैन । बरु, खाडी मुलुकको चर्को गर्मीमा काम गर्न जान तयार हुने तर, पंखाको हावा खाँदै सैलुन व्यवसाय चलाउन नचाहने युवा जमात ठूलो छ ।
ठूलो लगानी नचाहिने, आम्दानी राम्रो हुने यो पेसाप्रति पहाडी युवाको धारणा नै नकारात्मक छ । यस्तो युवा जमातमा सैलुन व्यावसायको शक्ति बुझ्नेहरु पनि देखिन थालेका छन् । तिनैमध्येका एक भरतपुर महानगरपालिका( २१ का श्रीराम सिग्देल यो पेसामा जमिसकेका छन् । भरतपुरको चौबीसकोठीमा ‘पपुलर जेन्ट्स एण्ड लेडिज सैलुन’ चलाएका उनको मासिक आय एक लाख रुपैयाँभन्दा बढी छ ।

आरामले आधुनिक सैलुन चलाएका सिग्देलले पाँचजनालाई रोजगारी दिएका छन्, पसलको भाडा नै मासिक ५० हजार तिर्छन् । उनका नियमित ग्राहक छन् । कपाल काटेको २५० र दारी काटेको १५० रुपैयाँ लिन्छन् । यो शुल्क अन्यत्र भन्दा महँगो भए पनि आरामदायी सेवाका कारण ग्राहकको कमी नभएको सिग्देल बताउँछन् ।सैलुनमा श्रीमती सुष्मिता सिग्देल पनि व्यस्त रहन्छिन् । व्युटिसियन तालिम लिएकी उनी कपाल काट्ने, कलर गर्ने र फेसियलदेखि बेहुलारबेहुली श्रृङ्गारपटारसम्ममा सिद्वहस्त छिन् । सिग्देलले भन्छन् ‘सैलुन व्यवसायबाट नेपालमै परिवारसँग रमाएर दैनिक तीन(चार हजार आरामले कमाउन सकिन्छ, मासिक २०(२२ हजारका लागि किन जाने विदेश २०७० सालदेखि यो पेशा अपनाएका सिग्देल दम्पत्तिले सैलुनसँगै विभिन्न तालिम कार्यक्रम चलाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर