Aamsanchar

१९ सेप्टेम्बरमा हुवावेले ल्याउँदैछ ७ वटा क्यामरा भएको स्मार्टफोन, सेल्फी क्यामरा मात्रै ३ वटा

Author Image
बिहिवार, भदौ १९, २०७६

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ ।त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्नेछ । त्यसमा हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट हुनेछन् ।मेट ३० प्रो स्मार्टफोनका विषयमा अहिलेसम्म धेरै तथ्यहरु बाहिर आइसकेका छन् । उक्त फोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । साथै फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ ।

यसभन्दा महत्त्वपूर्ण तथा खास विशेषता चाहिँ उक्त फोनको क्यामरा नै हुनेछ । मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् । तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामराचाहिँ स्क्रिनतर्फको भागमा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ ।मेट ३० सिरिजका स्मार्टफोन वाटरफल स्क्रिन डिजाइनमा उपलब्ध हुनेछन् । सामसुङले यसअघि आफ्ना फ्लागसीप स्मार्टफोनमा उक्त डिजाइनको स्क्रिन प्रस्तुत गरिसकेको छ ।

हुवावे मेट ३० मा ६।७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहनेछ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर