बिर्तामोड ।

झापाको अर्जुनधारामा एक ब्यक्तिले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेका छन् ।

अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका हुन् ।
भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यारत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्महत्या गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यारत उनले ट्वाइलेटको ढोका बन्द गरी शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरााह्न स्थानीयवासीले आगो लागेर उनको मृत्यू भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसंधान शुरु गरेको जनाएको छ । उनले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

