Aamsanchar

मोदी भन्छन् नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्छौं

Author Image
मङ्गलवार, भदौ २४, २०७६


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो लिंकमार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुशी व्यक्त गरे ।

उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रहेको पनि बताए ।दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भने, यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै उनले छिट्टै आउने बचन पनि दिए ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर