Aamsanchar

दमकल र जनशक्ति अभावले जुद्ध वारुणयन्त्र समस्याग्रस्त

Author Image
मङ्गलवार, भदौ २४, २०७६

भक्तपुर, 

तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी भक्तपुरमा विसं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र ७६ वर्ष बूढो हुँदा सञ्चालनमा निकै कठिनाइ आएको छ ।

जुद्ध बारुणयन्त्र जति बूढो भयो यहाँ सञ्चालनमा रहेको दमकल पनि त्यति नै बूढो भएकाले सञ्चालनमा निकै कठिनाइ आएको जुद्ध बारुणयन्त्र भक्तपुरको ७६ औँ स्थापना दिवसका सहभागीहरुले बताएका छन् ।

भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुर दमकलले यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख विजय धौभडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुद्ध बारुणयन्त्र जति बूढो भयो, यहाँका दमकल पनि त्यति नै बूढो भएर थन्किएका छन्, तीन वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा जीर्ण दमकल र पुरानो एउटा ट््याङ्करले सेवा धान्दै आएको छ ।”

त्यसमध्ये पनि सिद्धी स्मृतिले दिएको दमकल बेला–बेलामा बिग्रिरहने र अहिले पनि बिग्रिएर मर्मत गर्न लागेको बताउँदै उहाँले दमकल र जनशक्ति अभावले थप समस्या परेको उहाँको भनाइ छ ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कार्यालयका कर्मचारी फायरम्यान उमेश ढकाल, मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योलालाई जनही नगद रु तीन हजार र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो । प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताउनुभयो ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर