Aamsanchar

अर्बुद रोगपीडितलाई रु १२ लाख सहयोग

Author Image
बुधवार, भदौ २५, २०७६

पर्वत,

कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई झण्डै रु १२ लाख सहयोग हस्तान्तरण गरिएको छ ।

पीडित परियारको उपचारका लागि थालिएको सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको रु ११ लाख ७४ हजार मङ्गलबार हस्तान्तरण गरिएको हो । पत्रकार रामकृष्ण लामिछानेको सक्रियतामा सङ्कलन भएको रकम एकमुष्टरूपमा परियारलाई हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले रकमको चेक पीडित परियारकै घरमा पुगेर हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरणपछि बोल्दै जोशीले मीनबहादुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । जोशीले पार्टीका लागि मरिमेटेर लाग्ने परियार अहिले विस्तारामा पल्टिँदा आफूलाई पीडावोध भएको बताउनुभयो ।

उक्त अभियानको शुरुआत गरेका पत्रकार लामिछानेले आफूले शुरु गरेको अभियानले मीन परियारको उपचारका लागि थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । परियारका लागि आइतबार मात्रै तरुण दल पर्वतले रु दुई लाख ६६ हजार सहयोग गरेको थियो ।

परिवारका अनुसार अहिलेसम्म उपचारमा रु ५० लाखभन्दा बढी खर्च भइसकेको छ । साथै हाल साउदीअरबमा रहेका राबहादुर खवासमार्फत प्राप्त भएको रु ८५ हजार ६०५ पनि हस्तान्तरण गरिएको थियो ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर