विराटनगर,

प्रदेश सरकार र नेपाल टेलिभिजनबीच आज यहाँ सम्झौता भएको छ ।

प्रदेश नं १ सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानून उपसचिव कमलबहादुर थापा र नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश सरकारको हरेक क्रियाकलाप एवं विकासका गतिविधिलाई जनतासम्म पु¥याउने र जनताका चाहना एवं गुनासालाई सरकार समक्ष पु¥याउन सेतुको भूमिका खेल्न टेलिभिजनले सोही किसिमको कार्यक्रम बनाई प्रत्येक हप्ताको आइतबार साँझ कार्यक्रम प्रशारण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकारको लगानीमा सञ्चालित सरकारी सञ्चारमाध्यम सक्षम र प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा राष्ट्रिय समाचार समिति(रासस), गोरखापत्र र रेडियो नेपालसँग पनि सहकार्य गर्ने योजनाका साथ मन्त्रालय अगाडि बढिरहेको बताउँदै सञ्चारमाध्यमले सत्यतथ्यमा आधारित प्रदेशका विकास कार्यक्रम समाचार सम्प्रेषण गरेमा सङ्घीयता बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा विष्टले प्रदेश सरकारले जनताका समस्या बुझ्न र जान्न शुरु गरेको यस कार्यक्रमबाट नेपाल टेलिभिजन पनि लाभान्वित हुने बताउनुभयो ।

