Aamsanchar

रवि लामिछानेविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

Author Image
बिहिवार, भदौ २६, २०७६

काठमाडौं,

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि सुनुवाई हुने भएको छ।

उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई गर्ने भएको हो।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्।

तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो।

उक्त रिटमाथि मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो।

Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर