Aamsanchar

हल्दिवारीका सबै मावी तथा आविहरुमा सुविधा सम्पन्न ल्याब सहित कम्प्युटर शिक्षा शुरु

Author Image
शुक्रवार, भदौ २७, २०७६

हल्दीबारी गाउँपालिका क्षेत्र भित्रका सबै सामुदायिक बिद्यालयहरुमा गाउँपालिकाको लगानीमा  शिक्षक सहितको कम्प्युटर शिक्षा शुरु भएको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका उपाध्यक्ष डम्बर बहादुर गिरिका अनुसार विद्यार्थी र विद्यालयको माग अनुसार सुबिधा सम्पन्न कम्प्युटर ल्याब सहितको शिक्षा शुरु गरिएको एकै साथ सम्भवत नेपालमै पहिलो हो ।
उनका अनुसार विद्यालयको अबस्था हेरि ल्याब संचालन गर्न २० देखि २८ वटा सम्म कम्प्युटर को व्यवस्था गरिएको छ।

गाउँपालिकाले हल्दिवारी मावी ,महेन्द्र मावी ,जनजागृती मावी ,लक्ष्मी मावी ,पन्चायत मावी र सरस्वती मावी लगायत मोतो आ. व ,धनुषा आ. व ,गरमकाली आ. व तथा सरस्वती आधारभुत विद्यालयमा सुबिधा सम्पन्न कम्प्युटर शिक्षाको लागि ल्याब सहित शिक्षकको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो । त्यस्तै गाउँपालिका भित्र रहेका सबौ ७ वटा प्राविलाई समेत कम्प्युटर तथा पिन्टर उपलब्ध गराएको छ।

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर