Aamsanchar

झोलुङे् पुलले ट¥योे जोखिम यात्रा

Author Image
शुक्रवार, भदौ २७, २०७६

बर्दिया,

बर्दियाको बारबर्दिया र मधुवन नगरपलिकालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि सानो डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

विसं २०७१ साउन २७ गते बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि सर्वसाधारणको वर्षौंदेखिको जोखिम यात्रा गर्नुपर्ने बाध्यता पाँच वर्ष लम्बिएको थियो ।

दुई नगरपालिका आवागमन गर्नका लागि झोलुङ्गे पुल भरपर्दो माध्यम बनेको छ । उक्त पुल निर्माणपछि चार लाख सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि व्यापार व्यवसायको अवस्था पनि फेरिएको छ । पुल निर्माणसँगै यस क्षेत्रको व्यापार व्यसायमा टेवा पुग्ने बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।

पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर