Aamsanchar

द्रुतमार्गका पुल र सुरुङको ठेक्का विदेशी कम्पनीलाई

Author Image
सोमवार, भदौ ३०, २०७६


निर्माणाधीन काठमाडौं(निजगढ द्रुतमार्गमा बन्ने पुल र सुरुङहरु ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ । यस्ता मोडलका पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाकाअनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने हुन्छ । त्यसलाई सेनाले स्वीकृत गरेपछि मात्रै काम सुरु गर्न सक्नेछ ।

पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइनेछ । पुल बनाउन ६ वटा कम्पनी सूचिकृत भइसकेको सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । त्यसमा ५ वटा चिनियाँ र एउटा टर्किस कम्पनी छन् । सुरुङमार्गका लागि पनि कम्पनीहरु सूचिकृत गर्ने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । उनले भने, ‘तीन महिनाभित्रै सुरुङमार्ग बनाउने कम्पनी छनोट गरिसक्ने योजना छ ।’

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर०अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । भदौ पहिलो साता मन्त्रिपरिषदले स्वीकृत गरेको ९डीपीआर० अनुसार महादेवडाँडामा ३।३५५ किलोमिटर, धेद्रेमा १।६३० किलोमिटर र लेनडाँडामा १।४३० किलोमिटर लामो सुरुङ बनाइनेछ । द्रुतमार्गको कुल लम्बाइ ७२।५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर