Aamsanchar

गृहमन्त्रीका भाइ पक्राउ प्रकरण : बयान सकियो, थुनछेक जारी

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

काठमाडौँ – अपराधिक लाभ र संगठित अपराधमा संग्लन भएको आरोपमा पक्राउ परेका गृहमन्त्रीका भाई नरेश थापासहित ७ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ । सोमबार दिउँसो बयान सकिएपछि अदालतमा सुरु थुनछेकको बहस सम्भवतः मंगलबार सकिनेछ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्तका रुपमा पक्राउ परेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनमा जोडिएको भन्दै नरेशसहित सात जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा अगाडी बढाएको हो ।  आजको कान्तिपुरमा समाचार छ ।

Views: 178

प्रतिक्रिया (०)