भई रहेको वेथितिलाई नियन्त्रण गर्न र समाजमा सुसंकार अनि कानुनी मुल्य र मान्यतालाई स्थापित गर्न जनप्रतिनिधीबाट मात्र सम्भव हुन्छ भन्ने भरोषा राखेका जनताको आशा अपेक्षामा तुसरापात छाएको छ । कानुनको दुरुपयोग गर्ने झापाका दुई जनप्रतिनिधी वडा अध्यक्षहरु नागरिकता दुरुपयोग अभियोगमा पक्राउ परेका छन । १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको विषयमा विर्तामोड ८ का अध्यक्ष अजय कार्की र भद्रपुर ९ का अध्यक्ष सनिलाल राजवंशी लगायत ४६ जनालाई कार्वाही हुने भएको छ । ४६ जना संलग्न रहेकोमा ५ जना पक्राउ परेका छन् । दुई जना वडा अध्यक्षसहित ४१ जना फरार रहेका छन् ।
विर्तामोड, भद्रपुर र झापा गाउँपालिकाका कर्मचारीसहित जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी पनि गरैनेपालीलाई नेपाली नागरिगरिकता दिने काममा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाले भदौ १३ गते विर्तामोड, भद्रपुर र झापा गाउँपालिकालाई बोधार्थ पठाएको पत्र आज रेडियो भिजनले प्राप्त गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत केशव अधिकारीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, विर्तामोड, कन्काई, भद्रपुर नगरपालिका तथा झापा गाउँपालिकालाई जानकारी र आवश्यक कार्यार्थका लागि पठाएको पत्रमा दुई जना वडाअध्यक्ष सहित ११ जनालाई पक्राउ गर्न झापा जिल्ला अदालतले भदौ १३ गते नै अनुमति दिइसकेको उल्लेख छ ।
पक्राउ गर्न अनुमति प्राप्तहरुमा जिल्ला प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल, नायवसुव्वा मेघराज निरौला, खरिदार तेजिन्द्र न्यौपाने, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जिवी अधिकारी, विर्तामोड ८ का तत्कालिन सचिव लोकराज वराल, भद्रपुर ९ का वडा सचिव अरुणा भट्टराई, विर्तामोड ८ का वडाध्यक्ष अजय कार्की, भद्रपुर ९ का अध्यक्ष सनिलाल राजवंशी, तत्कालिन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने रहेका छन् ।
फरार कसुरदारलाई पक्राउ गर्न सहयोग गर्न पनि प्रहरीले सम्वन्धित कार्यालयहरुलाई आग्रह गरेको छ । प्रहरीले सो घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज वराललाई पक्राउ गरिसकेको छ । घटनामा संलग्न टेकबहादुर गुरुङ विर्तामोड ५, प्रेम तिम्सिना भद्रपुर १० र भीमबहादुर लिम्वुलाई पनि प्रहरीले पक्राउ गरेको छ भने अरु फरार रहेको स्रोतले जनाएको छ । उनीहरुले फर्जी प्रमाण बनाएर गैर नेपालीलाई नागरिकता दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको हो । उनीहरु कर्तुत बाहिर आउने भएपछि फरार छन् । विर्तामोड ८ का अध्यक्ष राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर ९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् । अरु सरकारी कर्मचारी छन् ।