Aamsanchar

प्रधानमन्त्रीको ध्यान, युवा वैज्ञानिक तर्फ

Author Image
बिहिवार, असोज २, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा वैज्ञानिकलाई अध्ययन अनुसन्धानका निम्ति आर्थिक अभाव हुन नदिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग र खोज अनुसन्धान सिर्जनात्मक हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले विज्ञान तथा प्रविधिका निम्ति गठित मन्त्रालय र सम्बन्धित संस्थाहरू प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्दै अब मन्त्रालयमा विज्ञान तथा प्रविधि विषय बुझेका मन्त्री र सचिव दिने आश्वासनसमेत दिएका छन् ।

‘उचित वातावरण बनेपछि बजेटको कमी हुँदैन । सरकारले नासाको जति होइन, नास्टको सीमासम्म बजेट दिन्छ,’ उनले भने । यसअघि नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले ३७ वर्षमा नास्टले २ अर्ब ३७ करोड रुपैयाँमात्र बजेट पाएको उल्लेख गर्दै सरकारले नास्टलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर