इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा शाख्तर डोनेक्सटलाई पराजित गरेको छ । बुधबार राति समूह ‘सी’ मा भएको खेलमा घरेलु टोली शाख्तरलाई सिटीले ३-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इल्काय गन्डोगन र गाब्रियल जेसुसले गोल गरे ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा शाख्तरविरुद्ध थप एक गोल गर्दै ३-० गोलको जित हात पारेको हो । खेलको २४औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८औं मिनेटमा गन्डोगनले गोल गरेपछि सिटी पहिलो हाफसम्म २-० गोलले अघि रहेको थियो । खेलको ७६औं मिनेटमा सिटीका लागि जेसुसले गोल गर्दै जित दिलाए । यस्तै समूहको अर्को खेलमा डाएनामोले एटलान्टालाई ४-० गोलअन्तरले पराजित गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 295