Aamsanchar

कर्मचारीले संविधान दिवसको अवसर पारेर औपचारिकता पूरा गरे , मन्त्रीले ‘विरोध दिवस’ मनाए

Author Image
बिहिवार, असोज २, २०७६


सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोकमा प्रायः कुनै न कुनै कार्यक्रम भइरहन्छ । कुनै विषयको समर्थन, विरोध मात्र होइन, सामाजिक संघ संस्थाका अभियानात्मक कार्यक्रमहरु पनि यहीँ हुने गर्छन् । बिहीबार भने अन्य दिनको भन्दा बेग्लै दृश्य देखियो । संविधान दिवसको अवसर पारेर कर्मचारीहरुले औपचारिक कार्यक्रम आयोजना गरेका छन् भने प्रदेश सरकारका मन्त्रीसहित जनप्रतिनिधिले विरोध कार्यक्रम गरेका छन् । संविधान दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँसहित नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीले गजेन्द्रचोकसहित नगरको मुख्य भागहरुमा सरसफाइ गरेका छन् ।

त्यहीँ प्रदेश २ को सत्तासिन पार्टीका नेतारकार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन् । कालो झण्डसहित भएको प्रदर्शनमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह, राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु पनि सहभागी थिए । संविधान दिवसका दिन विरोध र्‍याली निकाल्ने र राति ब्ल्याक आउट गर्ने निर्णय राजपाले गरेको छ ।

Views: 155

प्रतिक्रिया (०)