Aamsanchar

सरकार असफल भईसक्यो : नेता देउमान थेवे

Author Image
बिहिवार, असोज २, २०७६

मिक्लाजुङ । पाँचथर जिल्ला को प्रदेश (क) अन्तर्गत मिक्लाजुङ गाउपालिका वाडा न ५ मा काङ्ग्रेस को हिपतम राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । कुरुङ्बा स्थित कुरुङ्बा सहकारीको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेस मिक्लाजुङ गाउँपालिका वाडा न ५ का उपसभापती खम्बसिंङ राई को सभापतित्व रहेको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा अनुसासन बिभाग प्रमुख भिष्मराज आङदेम्बे , विशेष आथिती केन्द्रिय प्रतिनिधी देउमान थेबे नेपाली काग्रेस पाँचथरका सभापती नरेन्द्र केरुङ , आथितीमा फाल्गुनन्द गाउँपालिका कार्यबाहक अध्यक्ष देबित्रा कुमारी आङदेम्बे जिल्ला उपसभापती मित्र काफ्ले , पाँचथर जिल्ला सचिब द्वय बृजहाङ आङदेम्बे , रुपनारायण जबेगु , जिल्ला कोषध्यष जयकुमार ढकाल , जिल्ला सदस्य डेकेन्द्र तामाङ पाँचथर काठमाडौ सम्पर्क समिती अध्यक्ष निर्मल रिजाल लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा साधारण सदस्यहरुले कम्युनिस्ट सरकारले परापुर्वकाल देखि उपभोग गरिरहेको नावा खोलाको माछा समेत ठेक्कामा लगाएर सर्बसाधारणलाई उपभोग गर्न रोक लगाएको र माछा मार्न जादा धरपकड गरि मुद्दा चलाएको र जेलबाट छुटेपछि पनि स्थानिय सरकार र प्रसासन बाट डर धम्की दिएर घर गाउँ बाटै बिस्थापित हुनुपरेको जस्ता गुनासो राखेका थिए।

विशिष्ट आथिती जिल्ला सभापति नरेन्द्र केरुङले आफ्नो घुर्यान बाट बग्ने नावा खोलाको प्राकृतिक स्रोतको उपभोग मिक्लाजुङ गाउँपालिकाका जनताले गर्न पाउनु पर्ने बताए , त्यसैगरी विशिष्ट आथिती केन्द्रिय प्रतिनिधि विकास प्रेमी नेता देउमान थेबेले टोल देखि केन्द्रिय तह सम्म काग्रेसको संगठन सुदृढीकरणमा लागेको र सबै भात्री सस्थाहरुलाइ टोल तह सम्म पुर्याउन आग्रह गरे फरक सन्दर्भमा बोल्दै उनले भने अहिलेको सरकारबाट कर्मचारी किसान मजदुर, प्रसाशन उद्योगी, ब्यवसायी कोहिपनि सन्तुष्ट नभएकाले सरकार असफल भएको बताए ।

Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर