Aamsanchar

हल्दिबारीले संविधान दिवस मा बिद्यार्थीलाई पुरस्कृत गरेर मनाउने

Author Image
बिहिवार, असोज २, २०७६

संविधान दिवसको अवसर पारेर हल्दिवारी गाउँपालिका क्षेत्रभित्र रहेका मावी स्तरीय सस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थी बिच हाजिरी जवाफ प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बर बहादुर गिरिको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमलाई प्रमुख अतिथि लिङ्ग्देन ,उपाध्यक्ष गिरि प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे कार्यपालिका सदस्य गिता भण्डारीले सम्बोधन गर्नु भएको थियोे ।

हल्दिवारीका ११ विद्यालयले भाग लिएको हाजिर जवाफ प्रतियोगितामा जनजागृती मावी गोलधाप ११ अन्क ल्याएर प्रथम हल्दिवारी मावि ९ अन्क ल्याएर दोस्रो तथा चिल्ड्रेन गाडेन अङ्ग्रेजी स्कुल ८ अन्क ल्याएर तेस्रो भएको कार्यक्रम संचालक खिवराज भट्टराईले जानकारी दिनु भयो ।

भोलि संविधान दिवसको अवसरमा हल्दिवारी गाउँपालिकामा आयोजनामा कार्यक्रममा सबै बिजेतालाई पुरस्कार बितरण गरिन लागिएको छ ।

Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर