Aamsanchar

पर्यटन वर्षका अवसरमा मिनि म्याराथन

Author Image
शुक्रवार, असोज ३, २०७६

मेचीनगर, ३ असोज । २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा शुक्रबार झापाको मेचीनगरमा महिला तथा पुरुष खुला मिनि म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्घेश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग बाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा प्रतियोगिता गर्न लागेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १ का संस्थापक महासचिव उदयकुमार श्रेष्ठले बताउनुभयो । आयोजक संस्थाहरुको सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

उनका अनुसार मिनि म्यारथनका लागि मेची उद्योग बाणिज्य संघको कार्यालय परिसर धुलावारीदेखि हनुमान मन्दिर परिसर काँकरभिट्टासम्मको दुरी तय गरिएको छ । प्रतियोगिताका विजयी महिला तथा पुरुष धावकले क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नै छन् । प्रतियोगिता दुवैतर्फका सयबढी धावक सहभागी हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर