


मेचीनगर, ३ असोज । मेचीनगर अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श मावि इटाभट्टाले जितेको छ । धुलावारी युथ नेटवर्कले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजना गरेको प्रतियोगितामा आदर्शले जीत हात पार्दै नगद ८ हजार रुपैयाँसहित प्रमाण पत्र चुम्यो ।

यसैगरी काँकरभिट्टा मावि दोस्रो तथा शहीद दशरथ चन्द मावि दुहागढी तेस्रो भए । दुवैले क्रमस ३ हजार १ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका थिए । कविशिरोमणि मावि खुट्टीडाँगीले सान्तवना पुरस्कार नगद ५ सय जित्यो । कार्यक्रममा विजयी विद्यालयबाट सहभागि विद्यार्थीलाई शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लीलाप्रसाद भण्डारी, प्रतियोगिताका निर्णयक नमूना दाहाल, दीपकप्रसाद पोखरेललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष विशाल काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, हिमालय मल्टिपल कलेज मेचीनगरका प्रमुख मिलनकुमार ढुंगानालगायतले बोल्नुभएको थियो ।

