

मिक्लाजुङ । पाँचथरको मिक्लाजुङमा नेकपाका पूर्व गाबिस उपाध्यक्ष सहित १५० नेता कार्यकर्ता नेपाली काग्रेसमा प्रबेस गरेको बताईएको छ। पाँचथर जिल्लाको प्रदेस ख अन्तर्गत तुम्बेवा गाउपालिका र मिक्लाजुङ गाउपालिका दशमी बजारमा आज आयोजित हिमाल पहाड तराइ मधेस रास्ट्रिय जागरण अभियान अन्तरगत नेपाली काग्रेस प्रवेस गरेका हुन ।

जागरण कार्यक्रममा नेकपा का पुर्ब निर्वाचित गाबिस उपाध्यक्ष डिल्ली राम राई को नेतृत्व मा १५० भन्दा बढी नेता कार्यकतालार्ई केन्द्रिय प्रतिनिधी देउमान थेबेले सदस्यता बितरण गरी स्वागत गरेका थिए ।
साबिक ओलनेका सभापती रबिन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिती नेपाली काग्रेस केन्द्रिय सदस्य तथा अनुसासन समिती सम्योजक भिष्मराज आङदेम्बे, विशिष्ट अथिती केन्द्रिय प्रतिनिधी थेबे, बिशेष अतिथी नेपाली काग्रेस पाँचथर सभापती नरेन्द्र केरुङ रहेको आथित्यता रहेको थियो । त्यसैगरी तुम्बेवा गाउपालिका अध्यक्ष होम थापा , जिल्ला उपसभापति मित्र काफ्ले ,जिल्ला सचिब द्वय बृजहाङ आङदेम्बे रुपनारायण जबेगु जिल्ला कोसाध्यक्ष जयकुमार ढकाल , पूर्व क्षेत्रिय अध्यक्ष खड्गसुन्दर लावती , महिलानेत्री मैयादेबि श्रेष्ठ लावती , सुनमाया राई , तरुणदल अध्यक्ष सुमन लामा ,नेबिसंघ नेता याम भुजेल , शिक्षक संघ केन्द्रिय सदस्य खड्ग थापा जिल्ला सदस्यहरु डेकेन्द्र तामाङ टङ्क पौडेल , पाँचथर काठमाडौ सम्पर्क समिती सभापती निर्मल रिजाल लगायत रहेको को आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि नरेन्द्र केरुङले ब्यक्ती को जीवन भए जस्तै पार्टीको पनि हुन्छ र त्यो उतार चडाव पूर्ण हुन्छ त्यसैले अब काग्रेसको ओरालो झर्ने दिन समाप्त भईसक्यो अब उकालो चड्ने हो । कार्यक्रममा विशिष्ट अतिथी केन्द्रिय प्रतिनिधि देउमान थेबेले संविधान दिवसको शुभकामना दिदै संविधानका पिता सुसिल कोइरालाको योगदानलाई अहिलेको सरकारले ओझेलमा पार्न खोजेको र एकलौटी रुपमा देश चलाउन खोजेको आरोप लगाए । उनले भने कसैले लुकाउन खोजेर संविधान पिता सुसिल कोइरालाको संघियता ल्याउन गरेको योगदान ओझेलमा नपर्ने पनि बताए । दुइ तिहाईको दम्भ ले देश चलाउन खोजेर देशलाई असफल बनाउन यो सरकार लागेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती भिष्मराज आङदेम्बेले अहिलेको नेकपाको सरकार संविधान उलंघन गरेर संविधानलाई भुत्ते हतियारमा परिणत गर्न उधत रहेको बताएका थिए । कार्यक्रमको सन्चालन सफल राईले गरेका थिए ।


