Aamsanchar

लक्ष्मीपुर पाण्डपको नेतृत्वमा घले

Author Image
शुक्रवार, असोज ३, २०७६

चारपाने । पाण्डप बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–५ ले आर्थिक बर्ष २०७५/०७६ सम्ममा चुक्ता शेयरपुँजी ६४ लाख ३१ हजार ७ सय पुर्याउन सफल भएको छ ।

शुक्रवार अर्जुनधारा ५ स्थित नवदुर्गा पञ्चायन मन्दिरमा आयोजीत संस्थाको ७ औ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा अध्यक्ष अर्जुन रेग्मीद्धारा प्रस्तुत प्रतिवेदनमा संस्थाको चालुपुँजी एक करोड ७१ लाख ५९ हजार ३ सय २५ रुपैयाँ ४१ पैसा उल्लेख छ ।

संस्थाले निक्षेप ९६ लाख ६४ हजार ७ सय ७९ रुपैयाँ गरेको छ भने लगानी एक करोड ६४ लाख ३९ हजार ७ सय ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यसबर्ष ३ लाख ६० हजार ७ सय ९४ रुपैयाँ ४६ पैसा मात्र आम्दानी गर्न सफल भएको अध्यक्ष रेग्मीले बताए । संस्थामा ३ सय ९० जना शेयर सदस्य रहेका छन् ।

संस्थाले जेष्ठ नागरिकतर्फ देवीबहादुर गुरुङ र गीता गौतम, असल कर्जातर्फ भूपाल मगर र तुलसा कार्की र नियमित बचततर्फ मनकुमार बराइली र संगीता नेवारलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेनजनी आचार्य र नगर कार्यपालिका सदस्य सकुन्तला घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो ।

स्वागत संस्थाकी उपाध्यक्ष सीता सापकोटाले गरेको कार्यक्रममा संस्थाको आगामी कार्ययोजना सहसचिव पुष्प घलेले र लेखा समितिको प्रतिवेदन टेकबहादुर गिरीले प्रस्तुत गरेका थिए । कार्यक्रममा शेयर सदस्य इन्द्रमणि पौडेल, दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष छविलाल लम्साल, वाँगेडाँगी सहकारी अध्यक्ष उमानाथ लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव तेजकुमार गिरीले गरेका थिए ।

त्यसैगरी ४ बर्षिय कार्यकलाको लागि नयाँ नेतृत्व पनि चयन भएको छ । नव निर्वाचित पदाधिकारीहरुमा पुष्प घले अध्यक्ष, उपाध्यक्ष सीता सापकोटा, सचिव देवराज बुढाथोकी, सहसचिव अर्जुनमणी निरौला चयन भएका छन त्यसैगरी सदस्यमा अर्जुन रेग्मी, लोकेन्द्र भुजेल, छत्र सुब्बा, खिनमायाँ पुरी, निर्मला रिमाल, लेखा संयोजक मुना चम्लागाई, सदस्य विमला ढुङेल ,वीरधन खाती चयन भएका छन । कमलचन्द्र डाँगीको संयोजकत्वमा गठित  निर्वाचन समिति सदस्य मा महेन्द्र अधिकारी र रीता उप्रेती रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)