Aamsanchar

बागेडाँगीको १७ औं साधारणसभा सम्पन्न

Author Image
शनिवार, असोज ४, २०७६

चारपाने, असोज ४ । अर्जुनधारा नगरपालिका वडा नं. ५ लक्ष्मिपुरको बागेडाँगी त्रिदेवी बहुउदेश्य सहकारीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार बिहिबारे सामुदायिक भवनमा सम्पन्न सभामा आर्थिक बर्ष २०७४/०७५ मा ४,४१,४४ ०७४।९०, २०७५/०७६ को निक्षेप संकलन ४,३९,९७,८९४।४५, ०७४/०७५ निक्षेप फिर्ता ४,०४,२२,२५६ रुपैया ०७५/०७६ को ४,४७,१२,९५१।८६ त्यसैगरी ०७४/०७५ कर्जा लगानी २,६८७६,००० । ०७५/०७६ १,८६,९४,६७० । ०७४/०७५ कर्जा असुली २,५०,८५,८४४। ०७५/०७६ १,९८,३५,४७० । शेयर पुजी जम्म ०७४/०७५ मा १०,०४८०० । ०७५/०७६ मा १३,४५,४००। शेयर फिर्ता ०७४/०७५ मा ९,९४,५००। रहेको छ भने ०७५/०७६ मा ८,२७,९००। रुपैया रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष उमानाथ लम्सालको अध्यक्षतामा आयोजित सभाको प्रमुख आतिथ्यता अर्जुनधारा नगरपालिकाका मेयर हरीकुमार रानाको रहेको थियो ।  कार्यक्रममा शेयर सदस्यको हौसला प्रदानगर्न विभिन्न शिर्षकमा ७ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरुमा जेष्ठ शेयर सदस्य सावित्रा कडेल, मोहनबहादुर कार्की, असल बचत कर्ता ईन्द्रकुमारी रिमाल, देविबहादुर बस्नेत, असल ऋणी गंगाराम कुईकेल, राम्रीमाया विश्वकर्मा र शारिरिक अपाङगता मध्येबाट रोजी पराजुली सम्मानित हुनुभएको थियो ।

स्वलम्बी बनौं विषाधी मुक्त खेती गरि स्वस्थ्य जीवन यापना गरौं भन्ने नाराका साथ आयोजना भएको सभामा कनकाई ८ का वडा अध्यक्ष प्रेमबहादुर कटुवाल, नवदुर्गा मन्दिर कनकाई ८का अध्यक्ष केदार चुडाल, शिव पाञ्चायन मन्दिर कनकाई ८का सचिव टिका घिमिरे, हिमाली मावीका प्रधानाध्यापक केशवप्रसाद ओझा, दहिझोडा सामुदायिक वनका उपाध्यक्ष रामप्रसाद गिरी, दुर्गापुर सहकारीका व्यवस्थापक विष्णु चुडाल, लक्ष्मी कृषि सहकारीका सचिव लक्ष्मी ढुङगाना, बागेडाँगी सामुदायिक विकास संस्थाका अध्यक्ष टेकनाथ अधिकारी लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रमको संचालन सचिव छबिलाल कट्टेलले गरेका थिए । स्वागत उपाध्यक्ष लिलाबहादुर कटुवालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर