Aamsanchar

मेडिकल कलेजले उठाएको अवैध शुल्कको विरोधमा माइतिघरमा प्रदर्शन

Author Image
शनिवार, असोज ४, २०७६

काठमाडौं । मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको विरोधमा माइतिघरमा प्रदर्शन गरिएको छ।

सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले शनिबार माइतिघरमा प्रदर्शन गरेको हो। उक्त विरोध कार्यक्रममा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीसहित मेडिकल कलेजका विद्यार्थी र अन्य पेशाकर्मीहरुको सहभागिता थियो।

विद्यार्थीलाई साथ मेडिकल माफियालाई माथ भन्ने नारासहित उनीहरुले माइतिघरमा ११ बजेबाट प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले नियमअनुसार तोकिएको शुल्क मात्र उठाउनु पर्ने, बढी शुल्क फिर्ता गर्नुपर्ने, नियमविपरित शुल्क उठाउनेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्। चितवन मेडिकल कलेजका विद्यार्थी त तीन सातादेखि निरन्तर आन्दोलनमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)