कञ्चनपुर । कञ्चनपुरका एक जनालाई गाई–भैसी करणीको आरोप लागेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका शंकर थापामाथि यस्तो आरोप लागेको हो ।

उनले पछिल्ला तीन–चा्र वर्षदेखि टोलका गाई–भैसी करणी गर्ने गरेको आरोप लागेको हो । स्थानीयका अनुसार उनले टोलमा रहेको गाई–भैसीलाई लुकेर करणी गर्दै आतंकित बनाएको छन् । दुईवटा छोराछोरीका बाबुसमेत रहेका उनी घर भित्रै पसेर महिलालाई समेत जिस्काउन थालेको स्थानीयको पनि आरोप छ । गाई–भैसीलाई करणी गर्नेदेखि महिलाहरुलाई समेत जिस्काउने काम गर्न थालेपछि स्थानीय टोलबासीले प्रहरीकहाँ उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश चन्दले थापाविरुद्ध उजुरी परेको बताए ।
Views: 150

