
प्रतिकात्मक तस्वीर

ईलाम । ईलाममा दाजुलाई धारिलो हतियार प्रहार गरेर भाई झुण्डिएर आत्महत्या गरेका छन । ईलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजु ६४ बर्षीय बिष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई आफु झुण्डिएर आत्महत्या गरेका हुन् ।

हतियार प्रहार पछि हराएका बुद्धविर राईलाई प्रहरी तथा स्थानियहरूले खोजतलाश गर्दै जाने क्रममा घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको थियो । बिहान साँढे १० बजेको समयमा आफ्नै बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 211

