Aamsanchar

एम्बुलेन्स दुर्घटनाका घाइतेको आर्थिक सहयोगका लागि याचना

Author Image
आइतवार, असोज ५, २०७६

खोटाङ,

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका खोटाङका युवाको अवस्था चिन्ताजनक छ । खोटाङ जिल्ला अस्पतालबाट बिरामी लिएर हिँडेकोे ट१झ ५०१ नंको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्था चिन्ताजनक भएको हो ।

जिल्ला अस्पतालबाट बिरामी लिएर थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा गत बिहीबार राति सप्तरी जिल्लाको कञ्चनपुरस्थित बेरियर भन्ने स्थानमा एम्बुलेन्स दुर्घटना भएको थियो । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत सख्त घाइते युवराजको अझै होस खुल्न नसकेको उहाँका भाइ इन्द्र आचार्यले जानकारी दिनुभयो ।

कन्चनपुर इलाका प्रहरी कार्यालयका अनुसार भने सख्त घाइते आचार्यको शुक्रबार बेलुकी टाउकोको शल्यक्रिया भएको थियो। यसैगरी उपचारका लागि सोही एम्बुलेन्समा अस्पताल लागिएकी वृद्धाको पनि अझै होस खुल्न नसकेको बताइएको छ । राति करीब २ बजेको समयमा रोकिराखेको टिपरलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का एम्बुलेन्स चालक ३६ वर्षीय गोविन्द ढुङ्गानासमेत घाइते भएका थिए ।

चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चन्द्र राजवंशीले बताउनुभयो । सख्त घाइते आचार्य दिक्तेलबजारस्थित सरस्वती माविमा सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । आचार्यको आर्थिक अवस्था दयनीय हुँदा उपचारका लागि समस्या भएकाले सक्दो सहयोग गर्न आफन्तजन तथा सहयोगीसँथ आग्रह गरिएको उहाँकी श्रीमती जानुका आचार्यले बताउनुभयो ।

खोटाङमा जन्मी युकेलाई कर्मथलो बनाइरहेका समाजसेवीको संस्था खोटाङ सेवा समाजले यस जिल्लाका लागि सात एम्बुलेन्स र दुई भिडियो एक्स–रे उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्समध्ये निर्मलीडाँडालाई केन्द्र बनाएर सेवा प्रवाहका लागि दिइएको एम्बुलेन्स दुर्घटनामा परेको थियो ।

Views: 160

प्रतिक्रिया (०)