Aamsanchar

बिरिङ खोलालाई जग्गा देखाएर ५ करोड ऋण : बैंकका पूर्वसीइओसहित ६ जना पक्राउ

Author Image
आइतवार, असोज ५, २०७६

काठमाडौं । खोलाको जग्गामा नक्कली धनीपूर्जा खडा गरेर ऋण दिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीइओ० अजय श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइर्बी० को टोलीले श्रेष्ठसहित ६ जनालाई राजधानीका विभिन्न स्थानबाट फरक फरक समयमा पक्राउ गरी हिरासतमा लिएको हो।

सबैजनालाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिएका छन्। प्रहरीका अनुसार झापाको बिरिङ खोलाभित्रको जग्गा धितो राखेर ५ करोड रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरण प्रहरीसम्म पुगेको हो। झापाकै ऋणी सुरेन्द्र श्रेष्ठले बिरिङ खोलाको बहाबमा पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाएर चार वर्षअघि बैंक अफ काठमाण्डूबाट ५ करोड ऋण निकालेका थिए।

तर ऋण निकालेपछि उनी बैंकको सम्पर्कबाहिर थिए। उनले सावाँ(व्याज दुवै तिरेका थिएनन्। सावाँ(ब्याज नै हराएपछि बैंकको टोलीले खोज्दै जाँदा धितो राखिएको जग्गा खोलामा भेटिएको थियो। त्यसको धनीपूर्जा पनि नक्कली भेटिएपछि यो प्रकरण प्रहरीमा पुगेको हो। त्यसपछि बैंकले नक्कली धितो राख्ने ऋणी सुरेन्द्र श्रेष्ठविरूद्ध बैंकिङ कसूर अभियोगमा प्रहरीमा जाहेरी दर्ता गरेको थियो।

पाण्डेका अनुसार श्रेष्ठसहितले खोलाको जग्गा धितोमा बैंकले ऋण प्रवाह गरेको उजुरी परेको थियो । त्यही उजुरीमाथि अनुसन्धानका क्रममा ऋणी, पूर्वसीइओ श्रेष्ठ, अन्य कर्मचारी र भ्यालुएटरलाई अनुसन्धानको दायरामा तानिएको उनले बताए। पाण्डेका अनुसार खोलाको जग्गा धितो राख्ने ऋणी र भ्यालुएटर फरार रहेकाले खोजी तीव्र पारिएको छ।

इमान्दार छवि बनाएका श्रेष्ठ पक्राउ परेपछि बैंकिङ क्षेत्र तरंगित भएको छ। पक्राउ पर्नेमा पूर्वसीइओ श्रेष्ठसहित तीनजना पूर्वकर्मचारी रहेका पाण्डेले बताए। खोलाको जग्गा धितोमा राखेर ऋण दिनेक्रममा सहभागी बैंकका तीन बहालवाला कर्मचारी पनि समातिएका छन्। पाण्डेका अनुसार श्रेष्ठसँगै विक्रम पन्त, सुष्मा शाह, ऋचा श्रेष्ठ, किरण बोहोरा र पुष्पराज भण्डारी पक्राउ परेका छन्।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर