Aamsanchar

नेपाली चलचित्र  निलकाँडाको छायंकन झापा र ईलामबाट शुरु

Author Image
सोमवार, असोज ६, २०७६

नेपाली चलचित्र  निलकाँडाूको छायंकन झापा र ईलामका  विभिन्न रमणिमय स्थान गाउँ सहरमाबाट  शुरु गरिएकोछ।
नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखी काम गर्दै झापालाई आफ्नो कर्म थलो वनाएका झापाली कलाकार तथा निर्देशक दिनेशराज शर्माले यस चलचित्रलाई निर्देशन गर्दैछन्।

विर्तामोडको पिज्जा घरबाट शुभ मुहर्त गरिएको निलकाँडालाई करीव १ करोडको लागतमा मुना पौडेलले निर्माण गर्ने भएकी छन् भने संगीत विकास चौधरीले दिने भएका छन्। वरिष्ट चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले ट्याक्निकल एड्भाईजरको जिम्मेवारी लिएको चलचित्र निलकाँडालाई विनोद साप्कोटाले क्यामरामा कैद गर्दैछन् ।

चलचित्रवाट ठुलो पर्दामा डेव्यु गर्दै गरेकी नव नायिका तेजस्वीनी बाँस्कोटाले निलकाँडाको कथा लेखेर चलचित्रलाई सिङ्गो रुप दिएकी छन्। कलाकारहरुमा केही पुरानै अनुहार दोह्रोरिएता पनि धेरै जसो कलाकारहरु नयाँ अभिनयका साथ पर्दामा देखा पर्दैछन्। सरोज खनाल,रिस्ता बस्नेत,शुसिल पोख्रेल,अर्जुन गुरुङ्ग (भँगेरी डन) ,तेजस्वनी बाँस्कोटा, विक्रान्त गिरी, दिपक तिवारी,याम खरेल लगायतका कलाकारहरुको मुख्य भुमिका रहने यस चलचित्रमा प्रमोद खरेल, निशान भट्टराई,अन्जु पन्त, प्रविशा अधिकारी लगायतका चर्चित गायक गायिकाहरुले सुमधुर आवाज दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)