Aamsanchar

धरानमा डाक्टरको लापरवाहीले गयो बालकको ज्यान

Author Image
सोमवार, असोज ६, २०७६


धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले एक जनाको ज्यान गएको छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनको अभिभावले आरोप लगाएको छ । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ५ का जीवन राईको छोरा जमिर राई लाई एमर्जेन्सीमा ल्याइएकोमा एमर्जेन्सीमा बेड खाली छैन् भनि बाहिरै कुर्सीमा कुराउन लगाएको अवस्थामा मृत्यु भएको हो ।

यस्तो थियो घटनाको नालीबेली

बालक जमिर लाई उपचारका लागि दिउँसो साँढे ४ बजे वीपी ल्याइपु¥याएको थियो । विरामी लाई एमर्जेन्सीमा नराखी बाहिर बाहिरै पुर्जी काट्न, एक्सेर गर्न र एउटा ट्याबलेट किन्न लगाइएको थियो । त्यस बेला सम्म करिब ६ बजिसकेको थियो । डाक्टरले भनेको ट्याब्लेट खाएपछि विरामीले निन्द्रा लाग्य भन्दै बुवाको काखमा सुतेको थियो । छिनपछि सुतेको छोरा भुइँमा लडेपछि हतार हतार विरामी लाई एमर्जेन्सीमा लागिएको थियो । प्रत्यक्षदर्शी विरामी कुरुवाहरुका भनाई अनुसार भित्र लगेर अक्सिजनको मास्क लगाएको त्यो बेला बिरामी पुरै छटपटाई रहेको बताए । लगत्तै विरामीको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका हुन् ।

मृतकका बाबू जीवनका अनुसार अस्पताल सम्म आउँदा छोरो ठिक थियो ।उनैले अस्पतालको बाटो देखाएका थिए । केही छिन अघिसम्म उसको आमासंग फोनमा बोलेको र रेडबुल खान मन लागेको बताउँदै आफुलाई केही नभएको भनि आमासंग राम्रै अवस्थामा कुराकानी गरेको छोरा अचानक मृत्यु भएको बताउँदै उनले भने ‘डाक्टरहरु कै लापरबाहीले मेरो छोरो अकालमा मरेको हो ।’ उनले एमर्जेन्सीमा ल्याएको विरामी लाई बेड खाली छैन् भनियो, पछि विरामीलाई उनिहरुले नै बताएको ट्याबलेट खुवाएपछि सिकिस्त भयो त्यस बेला भने एमर्जेन्सीमा हतार हतार लगियो ।

छोरोको मुटुको धडकन अत्याधिक बढेको र यसअघि उपचार गरेको बारेमा सबै कुरा बताउँदा बताउँदै पनि डाक्टरहरुले वस्ता नगर्दा छोराको अकालमा मृत्यु भएको उनले आरोप लगाए । उनले भने ‘छोरा लाई एमर्जेन्सीमा लैजाँदा १२ बजि सकेको थियो, ४ बजे ल्याएका विरामी लाई १२ बजे सम्म डाक्टरहरुले हेरिदिएनन् ।’ विरामी बालक लाई एमर्जेन्सीमा उपचार गर्न अघि चिकित्सकले ष्लमभचब िइन्डेरल नामक औषधीको ट्यबलेट खुवाउन लगाएको कुरा मृतकका बुवा जीवनले देखाएको बाँकी औषधीको खोल बाट पुष्टि भएको छ । उक्त औषधिका बारेमा एमरर्जेन्सीका चिकित्सक डा। सरोज संग बुझ्नखोज्दा खुलेर जवाफ दिन चाहिरहेका थिएनन् । शुरुमा प्रश्न गर्दा शुरुआतदेखि आफू संलग्न नरहेको उनले बताए ।

उनले विरामी लाई यसअघि कुन चिकित्सकले हेरेको हो उनको नाम माग गर्दा पनि दिन चाहेनन् । चिकित्सक सिफ्ट परिवर्तन गर्दा सम्बन्धित चिकित्सकले हेरेको बिरामी बारे सबै कुरा ब्रिफिङ गरेर मात्र नयाँ सिफ्टका चिकित्सकले जिम्मा लिने काम हुन्छ । डा। सरोजले त्यो खुलाउन चाहेनन् । तर बिस्तारै बिहानदेखी नै त्यहाँ आफू रहेको स्वीकार गरे । उनका अनुसार बिरामीको मुटु सुन्निएको अवस्था भएको बताउँदै त्यस्ला मेडिकलको भाषामा कार्डियोमेघाली भनिने बताए । मुटुको धड्कन तेज भएकोले त्यसलाई रिदेमा भएको भनिने जानकारी पनि दिए ।

उनी संग ‘तपाईले दिएको ट्याब्लेटले असरको कारण मृत्यु भएको हो की रु’ भनेर प्रश्न गर्दा उनले गैरजिम्मेवार शेलीमा भने ‘केही भन्न सकिदै ।’ गाउँमा जडिबुटी र धामी लगाएकोले त्यसले पनि असर हुनसक्छ भनेर उनि पन्छिन खोजे । डां सरोजले उपचारको क्रममा मुटुको समस्या भएको विषयमा बिरामीको बुबाले जानकारी नदिएको दाबी गरे । तर बुबा जीवन राईले भने शुरुमै मुटुको विरामीको विरामी भएको जानकारी दिदैं एमरजेन्सीमा उपचारका लागि अनुरोध गरेको बताए ।

Views: 155

प्रतिक्रिया (०)