Aamsanchar

बिर्तामोडमा पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप हुने, झापा ११ पनि खेल्ने

Author Image
सोमवार, असोज ६, २०७६

बिर्तामोड । दशैको अवसर पारेर झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप हुने भएको छ ।

आयोजक जायन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको बताएको हो । त्यसैगरे धेरै फुटवल प्रेमीहरुको जिज्ञाषा रहेको झापा ११ ले खेल्ल छ की खेल्दैन भन्ने कुराको जिज्ञाषको समाधान आयोजले आज पत्रकार भेटघाटको क्रममा झापा ११ ले पनि खेलमा सहभागी जनाउने जानकारी दिएर समाधान गरेको छ ।

एक साता अघिसम्म गोल्डकपमा झापा ११ ले खेल्ने वा नखेल्ने अन्योल रहेको थियो तर झापा ११ ले खेल्लने टुङगो लागेपछि आयोजक उत्साहित बनेको आयोजकका प्रवक्ता अविनाश राईले बताए । झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका नै सार्वजनिक गरिसकिएको छ ।

उद्घाटन खेल भने भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने भएकोे छ । झापा ११ ले खेल्ने निश्चित भएसँगै आयोजकका तर्फबाट कुनै टिम नरहने पनि बताईएको छ । आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार गोल्डकपमा २ भारतीय टिमसँगै नेपालका ४ वटा ए डिभिजन क्लब र मोफसलका २ क्लबबीच भिडन्त हुनेछ । उनका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रुपमा रहेका छन् ।

गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद र फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए । उनका अनुसार विधागततर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही १५–१५ हजार पाउने उनले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजकमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको छ । मुख्य प्रायोजकले कति सहयोग गरेको छ भन्ने प्रश्नमा यो बिषयलाई अहिले गोप्य राखिएको आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० देखि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)