

चारपाने, असोज ६ । शिखर साकोसले आफ्नो ९ औं स्थापना दिवसको अवसरलाई विशेष कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।

‘दशै आयो खाउला पिउला’ चाडपर्वमा कसैले फैलाउनु नपरोस हात, यसपालीको दशैमा शिखरले दिन्छ तपाईको साथ, यसपाली दशैं शिखर संग भन्ने नारा र उदेश्यका साथ विभिन्न कार्यक्रम गरेर मनाउने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईको छ ।

असोज ११ गते बिर्तामोडमा आयोजना हुने कार्यक्रममा वृहत रक्तदान, असोज १५ गते विपन्न वर्गका ५० जनालाई नयाँ कपडा, खाद्ययान्न वितरण गर्ने भएको हो । साकोसले आफ्ना गाउँठाउँमा रहेका विपन्न व्यक्तीहरु भए जानकारी गराउन सबैसंग आग्रह पनि गरेको छ । २०६७ साल बैशाख २२ गते औपचारिक रुपमा सेवा सुरु गरेको साकोसले छोटो समयमा उललेखनिय उपलव्धी गरेको छ । स्थापना कालमा ४४ जना शेयर सदस्यले १ हजारका दरले शेयर लगानी गरेर सुरु गरिएको शिखर साकोसमा हाल ७ हजार ८ सय ३९ जना शेयर सदस्य रहेका छन ।

आज सम्ममा संस्थाको शेयर पुजी ४ करोड ७० लाख, बचत रकम ४८ करोड ४३ लाख, ऋण लगानी ५० करोड ८४ लाख र कोषमा १ करोड ५० लाख राख्न सफल भएको संस्थाका सचिव हिमालय प्रसाईले बताएका छन । चारजना कर्मचारीबाट सुरु भएको संस्थामा हाल ३४ जना कर्मचारी रहेका छन । झापाको कनकाई पूर्वलाई कार्यक्षेत्र बनाएर सहकारी सेवा विस्तार गर्नेक्रममा संस्थाको हाल राजगढ र गरामनीमा सेवा केन्द्र संचालनमा रहेको छ भने बिर्तामोडमा मुख्य कार्यालय रहेको छ ।
प्रविधी प्रयोगको हिसावले झापाकै पहिलो सहकारी संस्थाको नाम बनाएर चर्चामा रहेको शिखर साकोसले मोवाईल बैंकिङ, एसएमएस बैंकिङ, फोनगरे हुन्छ शिखर घरमै आईपुग्छ जस्ता प्रविधीयुक्त सुविधाहरु सुरुगरेको छ । विहान ९ बजे देखि वेलुका ९ बजेसम्म सदस्यलाई सेवा दिदै आएको यस संस्थाले २० हजार देखि ५० लाख सम्म ऋण लगानी गर्दै आएको साकोसका संस्थापक अध्यक्ष दिपेन्द्र राउतले बताए ।
साना देखि ठुला उद्यमी व्यवसायी सदस्यहरुलाई सहज रुपमा ऋण प्रवाह गर्दे आएको विज्ञप्तीमा उल्लेख छ । यस बर्ष २२६९ जनालाई ऋण लगानी गरिसकेको छ । संस्थाले ७ दिन देखि ३ बर्ष सम्मको समय अबधीका लागि ऋण दिने गरेको छ । साकोसले शिखर बजार, कृषि परियोजना लगायत धेरै क्षेत्रमा आफ्नो कृयाकलाव अघी बढाएको छ ।

