Aamsanchar

आधारभूत स्तरको खानेपानीमा ८८ प्रतिशत जनताको मात्र पहुँच

Author Image
सोमवार, असोज ६, २०७६

काँकरभिट्टा। हाल आधारभुत स्तरको खानेपानीको पहुच ८८ प्रतिशत जनतामा मात्र पुगेको यसका विज्ञहरुले बताएका छन् । उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमात्रमा पुगेको छ । आइतबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको मानव मलमुत्रिय फोहोर व्यवस्थापन सञ्चालन सम्बन्धि कार्यशालामा यस सँग विज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

मानव मलमुत्रिय फोहोर वयवस्थापन समबन्धि संस्थागत तथा नियामक खाका, ट्रिटमेन्ट यूनिट प्रशोधन केन्द्र, व्यवसायिक योजना र संञ्चालन निर्देशकिको बारेमा सरोकारवालालाई जानकारी प्राप्त होस तथा त्रिपक्षिय सेवा सञ्चालन सम्झौताको बारेमा औपचारिकरपमा छलफल भएर सहमती प्राप्त गरी सम्झौता सम्पन्न हुने तथा सम्झौता शर्तहरु कार्यान्वयन गर्नै उपयुक्त वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्याशालाको आयोजना गरिएको हो ।

नेपाल सरकार खानेपानी मन्त्रालय , खानेपानी तथा ढल व्यबस्थापन विभाग साना शहरी खानेपानी तथा सरसफाइ आयोजना तथा शहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयले आयोजना गरेको कार्यशालामा विभिन्न विषयका विज्ञहरुले आ आफ्नो प्रस्तुत दिएका थिए । आयोजना निर्देशक विद्यानाथ भट्टराईले खानेपानी तथा सरसफाइ क्षेत्रको उपलब्धीका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

सरसफाइ क्षेत्रका बारेमा चर्चा गर्दै उनले आधारभुत स्तरको सरसफाइमा पहुच ९८ प्रतिशतको पुगेको तथा ढल प्रणालीमा आबद्घ ३० प्रतिशत र सेप्टीक टेंक प्रयोग ४८ प्रतिशत रहेको र यो तथ्याङ्क खानेपानी तथा सरसफाइ क्षेत्रको लक्ष्य १५औ योजना २०७६÷७७ – २०८०÷८१ को अन्त्य सम्मको भएको प्रष्ट पारे । उनले आधारभुत स्तरको खानेपानीको पहुच ९९ प्रतिशतमा तथा उच्च तथा मध्यम स्तरको खानेपानीको पहुच ४० प्रतिशतमा रहेको बताए । आधारभुत स्तरको सरसफाइमा पहुच १०० प्रतिशत प्रशोधन सहितको ढल प्रणालीमा आबद्घ २० प्रतिशतमा पहँुच पुगेको उहाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साना शहरी खानेपानी तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको अवधारणाका बारेमा प्रस्तुती दिनुहुदै भट्टराईले नेपाल सरकार, उपभोक्ता वर्ग वा स्थानीय तहको सहलगानी र लागत असुलीमा आधारित हुने, आयोजनाको निर्माण, सञ्चालन र सम्भारमा लैङ्गिक समानता र सामाजिक समावेशीता रहने , आयोजना सम्पन्न पश्चात् निर्माण व्यवसायीद्वारा १ वर्ष सम्म आयोजनामा संचालन तथा मर्मत संभार गर्नु पर्ने नेपाल राष्ट्रिय गुणस्तर बमोजिमको सुरक्षित खानेपानी सेवाको उपलब्ध हुने र खानेपानी तथा सरसफाइ प्रणालीको स्वामित्व स्थानीय तहमा रहने गरी उपभोक्ता संस्थाबाट सञ्चालन र व्यवस्थापन हुने जानकारी गराएका थिए ।

नेपाल सरकार, उपभोक्ता वर्ग वा स्थानीय तहको सहलगानी र लागत असुलीमा आधारित हुने, आयोजनाको निर्माण, सञ्चालन र सम्भारमा लैङ्गिक समानता र सामाजिक समावेशीता रहने , आयोजना सम्पन्न पश्चात् निर्माण व्यवसायीद्वारा १ वर्ष सम्म आयोजनामा संचालन तथा मर्मत संभार गर्नु पर्ने, नेपाल राष्ट्रिय गुणस्तर बमोजिमको सुरक्षित खानेपानी सेवाको उपलब्ध हुने तथा खानेपानी तथा सरसफाइ प्रणालीको स्वामित्व स्थानीय तहमा रहने गरी उपभोक्ता संस्थाबाट सञ्चालन र व्यवस्थापन हुने साना शहरी खानेपानी तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको अवधारणारहेको उनले प्रस्तुत थरेको विवरणमा उल्लेख छ ।

निर्माण निरीक्षक विशेषज्ञ केशवराज विष्टले प्रशोधन प्रणालीको जानकारी तथा काँकरभिट्टा र चारआलीको एफएसएमका बारेमा प्रस्तुतीकरण दिएका थिए । उनले पोषण तत्व व्यवस्थापन, हानीकारक जीवाणुहरु घटाउने पानीको मात्रा बढाउने प्रविधि प्रयोगका उद्देश्य रहेको बताए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्य, खानेपानी तथा सरसफाइ सुशासन विज्ञ सञ्जय अधिकारी तथा व्यवसायिक योजना विज्ञ डाक्टर मिङ्मा शेर्पा, हरिप्रसाद शर्माले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा सञ्चालन निर्देशिकाका बारेमा जानकारी गराउदैं सेवा सञ्चालन सम्झौता अवधारणा र जिम्मेवारी तथा छलफल परिमार्जन तथा सेवा सञ्चालन सम्झौता पत्र समेत सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा भएको कार्यक्रममा मेचीनगर, विर्तामोड नगरपालिकाका नगरप्रमुख उपप्रमुख बुद्घ शान्ति गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, काँकरभिट्टा चारआली खानेपानीका पदाधिकारीसहित विभिन्न संघ संस्था,का प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको परिचय तथा उद्देश्यका बारेमा हरिप्रसाद शर्माले प्रकाश पारेका थिए भने उद्घाटन सत्रको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिव राजकुमार पराजुलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर