Aamsanchar

बुधबारेमा वृहत स्वास्थ्य शिविर हुने

Author Image
मङ्गलवार, असोज ७, २०७६

बुधबारे । स्वास्थ्य नै जीवन होनजिकिदै गरेको नेपालीहरुको महानचाडमा सर्वसाधारणहरु स्वस्थ रहनु खुशी रहनु भन्ने उदेश्यले महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्र बुधबारेले १ दिवसीय निशुल्क ओपिडी सेवा सहितको स्वास्थय शिविरको आयोजना गर्ने भएको छ ।

असोज ८ गते बुधबार सेवा केन्द्रमै आयोजना हुने शिविरमा बरिष्ठ फिजीसियन डाक्टरहरु द्वारा , मधुमेह, थाईराईड, मुटुरोग तथा रक्तचापका विरामी र अन्य रोगी हरुलेपनि सेवा लिन सक्ने गरि शिविर संचालन हुने महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका संचालक जीवन खड्काले बताएका छन ।

महिला सामुदायिक बुद्धशान्ति गाउँपालिकाकै ठुलो स्वास्थ्य केन्द्रमा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर