Aamsanchar

स्वयम्भुको राँगोलाई न्यूरोडमा गोली हानी हत्या

Author Image
मङ्गलवार, असोज ७, २०७६

७ असोज, काठमाडौं । स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो ।

केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोले बितन्डा मच्चाउँदा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी हबल्दारसहित ६ जना घाइते भएका थिए ।

Views: 247

प्रतिक्रिया (०)