

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 154