Aamsanchar

उत्तर दिन नसकेकी सोनाक्षी लाई एक मन्त्रीले रिसाएर भने, ‘धन पशु’

Author Image
मङ्गलवार, असोज ७, २०७६


बलिउड नायिका सोनाक्षी सिन्हा हालै राजस्थानकी रुमा देवीको मद्दतका लागि ‘कौन बनेगा करोडपति’ मा पुगेकी थिइन् । त्यहाँ उनी रामायण सम्बन्धि प्रश्न ‘हनुमानले कसका लागि संजिवनी बुटी लिएर आएका थिए’ को जवाफ लाइफलाइन नलिईकन दिन सकिनन् । त्यसपछि उनी सोसल मिडियामा अत्यधिक ट्रोल भइन् । अब उत्तर प्रदेशका मन्त्री सुनिल भरालाले सोनाक्षीमाथि रोष व्यक्त गरेका छन् । भरालाले उनलाई धन पशु भनेका छन् । युपी सरकारमा क्याबिनेटमन्त्रीको दर्ता प्राप्त भराला श्रम कल्याण परिषदका अध्यक्षको रुपमा कार्यरत छन् । उनले सोनाक्षीमाथि भडास निकाल्दै आफ्नो वक्तव्यमा भने, ‘आधुनिक समयमा यी मानिसहरु पैसाको पछाडिमात्रै दौडन्छन् । उनीहरुलाई पैसा कमाउने र आफूमाथि खर्च गर्नेमात्रै ध्याउन्नँ हुन्छ । उनीहरुलाई इतिहास र भगवानबारे केही जानकारी छैन । उनीहरुसँग सिक्ने समय नै छैन । योभन्दा दुःखको कुरा केही हुन सक्दैनँ ।’

अमिताभ पनि अचम्ममा थिएः

जब सोनाक्षी प्रश्नमा अड्किइन् र उनले लाइफलाइनको सहारा लिनुपर्यो तब अमिताभ बच्चन पनि अकमक्कमा थिए । उनले जवाफ लक हुँदा अचम्मित हुँदै भनेका थिए, ‘यो निकै अचम्मको हो कि सोनाक्षीलाई रामायाणसम्बन्धि सजिलो प्रश्नको सही जवाफ थाहा छैन जबकी उनी जुन घरमा बस्छिन्, त्यसको नाम रामायण हो, उनका पिता शत्रुघ्न हुन्, सोनाक्षीका आफ्नै भाइहरुको नाम लव र कुश हो ।’

Views: 111

प्रतिक्रिया (०)