> यौनसम्पर्कपछि महिलाको शरीरमा प्रवेश गरेको वीर्य ५ एमएम प्रतिमिनेटको गतिमा पौडिन्छ ।
> महिलाहरूमा दुई किसिमले उत्तेजना उत्पन्न हुन्छ । पहिलो उत्तेजना योनिको क्लोटोरिसमार्फत् उत्पन्न हुन्छ भने दोस्रो उत्तेजना योनिमै उत्पन्न हुन्छ ।
> लगभग ७० प्रतिशत पुरुष मासिक धर्ममा रहेकी महिलासँग यौनसम्पर्क राख्न रुचाउँदैनन् तर एउटा अध्ययनले के भन्छ भने साधारण यौनसम्पर्कको तुलनामा मासिक धर्मका बेला गरिएको यौनसम्पर्क बढी आनन्ददायक हुन्छ ।
> यौनसम्पर्कका बेला लगभग ७५ प्रतिशत पुरुषले चरम सुखको अनुभव गर्छन् भने त्यस्तो सुखको अनुभव गर्ने महिलाहरूको संख्या ३० प्रतिशत मात्र छ । एक अनुसन्धानअनुसार पुरुषसँग यौनसम्पर्क राख्ने महिलाको तुलनामा समलिंगी यौनसम्पर्क राख्ने महिलाले बढी चरम सुख अनुभव गर्छन् ।
> चरम सुखका बेला महिलाहरूको शरीरमा प्रवाहित हुने एन्डोरफिन नामक हार्मोनले उनीहरूको शरीरमा पेनकिलरको जस्तो काम गर्छ ।
> हस्तमैथुनलाई अधिकांश यौनविज्ञले निजी कुरा मानेका छन् । अध्ययनले के देखाएको छ भने ९० प्रतिशत पुरुष तथा ६४ प्रतिशत महिला यौनसाथीको अभावमा प्रायस्जसो हस्तमैथुनमा संलग्न हुन्छन् । हस्तमैथुनका लागि ९० प्रतिशतले महिलाले मैनबत्ती प्रयोग गर्छन् । हस्तमैथुनका क्रममा महिलाहरू ४ मिनेटमै चरमसुखको अवस्थामा पुग्छन्, जब कि उनीहरूलाई सामान्य यौनसम्पर्कका क्रममा चरमसुखमा पुग्न २० मिनेट लाग्छ ।
> एउटा औसत पुरुषले हरेक दिन १९ पटक यौनसम्पर्कका बारेमा सोच्छ भने महिलाहरूले १० पटकसम्म यौनसम्पर्कका विषयमा सोच्छन् ।
> होस्टलबुकर्स डटकमले अमेरिकामा आफ्ना ११ हजार उपभोक्तामाझ गरेको अध्ययनअनुसार त्यहाँका ५२ प्रतिशत पुरुष तथा ४१ प्रतिशत महिलाले जीवनको कुनै न कुनै समयमा अपरिचित महिला वा पुरुषसँग वन नाइट स्टे गरेका हुन्छन् ।