Aamsanchar

मेची भन्सार कार्यालय  दुईमहिनामा लक्ष्यको तुलनामा राजस्व संकलन गर्न असफल

Author Image
बुधवार, असोज ८, २०७६

मेचीनगर, ८ असोज । १ नम्बर प्रदेशको सर्वाधिक राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको २०७६/०७७ को वितेको दुईमहिनामा लक्ष्यको तुलनामा राजस्व संकलन गर्न असफल भएको छ ।

१३ अर्व २४ करोड १९ लाख ९ हजार रुपैयाँ वार्षिक लक्ष्य पाएको मेची भन्सारले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्व ६२ करोड ६३ लाख ७ हजार रुपैयाँ संकलन गर्नुपर्ने लक्ष्य थियो । तर, पूर्वी नाकाबाट हुने व्यपारमा कमि आएकै कारण ७१ करोड २७ लाख १६ हजार रुपैयाँ वा ६७ दशमलव शुन्य ७ प्रतिशतमात्र राजस्व स्ंकलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताउनुभयो ।

यसैगरी भन्सार विभागले भदौ महिनामा कार्यालयलाइ १ अर्ब ३२ करोड ७९ लाख ४६ हजार मासीक लक्ष्य तोकेको भएपनि ९० करोड ४४ लाख १ हजार वा लक्ष्यको तुलनामा ६८ दशमलव ११ प्रतिशत राजस्व मात्र संकलन गरेको छ ।

मेची भन्सार कार्यालय मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयलाई प्रमुख भन्सारमा स्तोरन्नती गर्नु, व्यापारको आकार घट्नु, तथा व्यवसायी पलायन भएका कारण पनि राजस्व असुलीमा समस्या थपिएको भन्सार अधिकारीहरुको भनाई छ । भारतबाट आउने कोइला तथा क्लिङ्कर बंगलादेशबाट आउने पेयपदार्थको आयात ओरालो लाग्नुले पनि कार्यालयको राजस्व असुलीमा कमि आएको भन्सार अधिकारीहरु बताउँछन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर