Aamsanchar

पुजा कोठामा पितृको फोटो राख्नु हुन्छ या हुदैन ? यस्तो छ धार्मिक वैचारिक नियम

Author Image
बिहिवार, असोज ९, २०७६

हिन्दू धर्मले जन्मदेखि लिएर मृ त्युसम्म निर्धारित परम्परा पालन गर्नु पर्छ भने मान्यता राख्दछ । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई  धर्मले महत्व दिन्छन् ।

पूजापाठ गर्न हामीहरुले छुट्टै पूजाकोठा बनाउने गर्छौ । तर केही जानकार नभएकाले देवताका साथ साथै आफ्ना पितृहरूको तस्वीर पनि पूजाकोठामा राख्ने गर्छन । तर, वास्तुशास्त्रले पूवाकोठामा पितृहरूको तस्वीर झुण्ड्याउनु हुँदैन भन्छ । यसो गर्नाले परिवारमा कलह पैदा हुन्छ ।

हिन्दू धर्म अनुसार मानिसको मृ त्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । अनि आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले त प्राण गए पछि शरीरलाई जलाइन्छ । अब भगवान् सँगै राखेर मृ त व्यक्तिलाई पूजा गर्नु त भगवानकै नि न्दा हो किन कि भगवानको त जन्म र मृ त्यु हुँदैन।

वास्तुको अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नु पर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । मृ त पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ । वास्तुक्रममा तस्वीरहरू नराख्दा घरमा अशान्ति बढ्नका साथै आर्थिक सं कटले पिरोल्न थाल्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर