Aamsanchar

योनीबाट सेतो पानी आउने र चिलाउने समस्या के हो ?

Author Image
बिहिवार, असोज ९, २०७६

चिकित्सकीय भाषामा ‘भेजिनाइटिस’ भनिन्छ । यो एक प्रकारको इन्फेक्सन (संक्रमण ) हो ।

इन्फेक्सन हुने मुख्यतया तीनवटा कारण हुन्छन । एउटा व्याक्टेरियाको कारणले हुन्छ । जसलाई हामी ‘व्याक्टेरियल भेजिनोसिस’ भन्छौँ । अर्को फंगसको कारणले हुन्छ जसलाई हामीले ‘क्यान्डिलियसिस’ वा ‘मोनिलियसिस’ भन्छौँ हामी । अर्को चाही प्रोटोजोआको कारणले, यसलाई हामी ‘टाइको मोनाइसिस’ भन्छौँ ।

उपचार के ?
यसको पूर्ण उपचार गर्नुपर्छ, जसलाई हामी सिन्ड्रोमिक ट्रिटमेन्ट भन्छौँ । यसमा एन्टीबायोटिक हुन्छ एन्टीव्याक्टेरियाका लागि । एन्टी फंगल हुन्छ फंगसका लागि । एन्टी प्रोटोजोल हुन्छ प्रोटोजोआका लागि ।

यो दुई तीन थरी औषधि मिलाएर खाएको खण्डमा यो समस्या समाधान हुन्छ । र, कहिलेकाँही, भेजाइनामा ‘फरेन बडी’ पनि हुन्छ, रौँहरु कुनै फरेनबडी टयम्पोनहरु जस्ता समस्या हुन्छन् । त्यसैले यस्तो समस्याका लागि एक पटक डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर