Aamsanchar

इ–सेवाबाट प्लेनको टिकट काटने गर्नु भएको छ ? होशियार रहनुहोस् कारबाहीमा परिएला (सूचना सहित)

Author Image
शुक्रवार, असोज १०, २०७६

काठमाडौं । प्रदेश नम्बर ५ सरकारले इ–सेवाबाट हवाई टिकट काटी कारोबार गरेमा कारबाही गर्ने भएको छ ।

एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ ।

सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ–सेवा लगायतका इ–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत हुने छ ।

मन्त्रालयले इजाजत लिएर हवाई टिकेटिङको कारोबारमा इजाजत नलिइकन कानूनतः अबैधरुपमा कारोबार गरिरहेका व्यक्ति, संघ–संस्था तथा फर्मलाई अवैध रुपमा कारोवार नगर्न भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर