

बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन रोटरी क्लव अफ सुरुङ्गा र सुरुङ्गा जेसीजले संयुक्त रुपमा आयोजना गरेको मिनी म्याराथुन दौड प्रतियोगितामा पुरुष तर्फ किरण लिम्बू र महिला तर्फ रुपा दाहाल प्रथम हुनुभएको छ । झापाको दुर्गापूरदेखि सुरुङ्गा चौकसम्मको चार किलोमिटर आज भएको दौडमा पुरुष तर्फ लिम्बू र महिला तर्फ दाहाल प्रथम हुनुभएको हो । दौडमा प्रथम भएसंगै उहाँहरुले नगद सात हजार, ट्रफी र प्रमाणपत्र हात पार्नुभयो ।

त्यस्तै प्रतियोगिताको पुरुष तर्फ याङदेव राई दोस्रो,युवराज लिम्बू तेस्रो र लक्ष्मण अधिकारी सान्तवना हुनभयो । दोस्रो र तेस्रो हुनेले क्रमश पाँच हजार र तीन हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिला तर्फ भने सुस्मिता लिम्बू दोस्रो , सरिता शेर्पा तेस्रो र मनिषा राई सान्तवना हुनभयो । दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार र तीन हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा महिला र पुरुष गरी एकसय जनाको सहभागीता रहेको लायन्स क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।


