Aamsanchar

शान्ति क्षेत्र बौद्धमा झडप

Author Image
शनिवार, असोज ११, २०७६

काठमाडौं, असोज ११। युनेस्को विश्व सम्पदा क्षेत्रमा सुचिकृत नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप बौद्धमामा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ ।

प्रहरी घटनास्थलमा पुगेको छ । तर, पुजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेका छन् । केही बेर पुजा रोकिएपनि प्रहरीको सुरक्षा घेरामा लामा गुरुहरुले पुजा गराइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)