झापाको अर्जुनधारा –५ स्थित कञ्चनबारीमा रहेको लक्ष्मीनारायण मन्दिरमा आउदो २० गतेदेखि श्रीमद्भागवत महापुराण गरिने भएको छ । धर्म संस्कृतिको माध्यमबाट सामाजिक सद्भाव तथा सामाजिक एकताको विकास गर्नको लागि पुराण आयोजना गर्न लागिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कञ्चन बिन्दु खड्काले जानकारी दिए ।
कृष्ण पौडेलको संयोजकमा बिभिन्न उप–समिति गठन गरिएको पुराण प्रचार–प्रसार समितिका संयोजक कौशल कान्छाले जानकारी दिए । साथै पुराण गर्नकालागि आइतबार मन्दिर परीसरमा भएको कार्यक्रमले आगामी २० गतेदेखि साता ब्यापी पुराण लगाउने निर्णय गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद शिवाकोटी, बिशेष अतिथि तुलसादेवी बिमली, हेमराज खरेल, कृष्ण पौडेल, माधव पौडेल, शान्तिप्रसाद चौहान लगायतले शुभकामना मनतब्य राखेका थिए । पण्डित उदयनाथ दाहालको मुखराबिन्दुबाट पुराण वाचन गरिने बताइएको छ ।