Aamsanchar

आजको राशीफल ( २०७६ असोज १३ गते सोमबार )

Author Image
सोमवार, असोज १३, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रीय व्यक्तिसंग भेट घाट होला । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । व्यवसायबाट लाभ नै रहला ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

परीक्षा आदि प्रतिस्पर्धामा उत्तिर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । यात्राका अवसर पनि मिल्नेछन् ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मित्र संग मीठो भेट घाट रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर